बैकुण्ठे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मोहन बहादुर अधिकारी पुनर्चयन

196

चितवन । माडीको खरकट्टास्थित बैकुण्ठे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मोहन बहादुर अधिकारी पुनर्चयन हुनुभएको छ ।

वन उपभोक्ता समूहको कार्यालय, माडी-८, खरकट्टामा सम्पन्न छैठौं साधारणसभा तथा दोश्रो अधिवेशनबाट सो वन समूहको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समूहको उपाध्यक्षमा तेजेन्द्र भण्डारी र सुनिल पौडेल, सचिवमा मलिना नेपाली, कोषाध्यक्षमा लक्षण पौडेल र सहसचिवमा यम शर्मा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा लुमबहादुर ढकाल, गणेश थापा, खड्कबहादुर सेंढाई, बीमा सुनार, पम्फा श्रेष्ठ, प्रमोद भण्डारी र मीना कार्की चयन हुनुभएको छ ।

SwadeshPost