पर्यटन खबर पोष्ट

माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा यसबर्ष मकर स्नान सहितको एकदिने माघी मेला लाग्ने

चितवन । माडीको दिवानगरस्थित रेवा, परुई र टुनामुना नदीको संगमस्थल, रेवा त्रिवेणी धाममा यसबर्ष पनि मकर स्नान सहितको एकदिने माघी मेला लाग्ने भएको छ ।

हरेक बर्षझैं माघे संक्रान्तिको अवसर पारी हुँदै आएको सो मेला कोरोनाका कारण पछिल्लो २ बर्ष रोकिएको थियो । स्थिति सहज रहेसंगै गतबर्षदेखि पुनः मकर स्नान एवं माघी मेलालाई निरन्तरता दिइएको रेवा त्रिवेणी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष एवं माडी ७ का वडा सदस्य ढाकामोहन तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसबर्ष, माघ १ गते आइतबार बिहानदेखि सुरु हुने चौथो मकर संक्रान्ति मेलामा विविध साँस्कृतिक कार्यक्रम सहित रुद्री पाठ, प्रवचन र भजन कीर्तन समेत गरिने आयोजकले जनाएको हो । (फाइल फोटो)

तपाईको प्रतिक्रिया

ताजा समाचार