मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

थारु समुदायको उत्थानका लागि आफू लागिपर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको भनाइ

  • A
  • A+
  • A++

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ ।

विज्ञापन १

पूर्वी चितवनको खैरहनीमा आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताउनुभएको हो ।

विज्ञापन २

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारु संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताउनुभयो ।

विज्ञापन ३

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे सक्रान्तिको अवसरमा महोत्सव गर्दै आएको छ । महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जनाउनुभयो ।

महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा देशभरका थारु जातिको रहनसहन र भेषभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको छ ।

तपाईको प्रतिक्रिया