देव नारायण शाह
२८ पाैष, चितवन । माडीमा पौष २५ गतेबाट हुलाकी बाटो निर्माण सुचारु गर्न तयार भएका निर्माण व्यवसायीले अझैसम्म काम थालेका छैनन् ।
निर्धारित समयसीमा सकिएको दुई दिन बितिसक्दा पनि फिल्डमा कुनै निर्माण कार्य सुचारु भएको छैन । यसअघि पौष २१ गते माडी नगरपालिकामा सम्पन्न सर्बपक्षीय बैठकमा सम्बन्धित निर्माण व्यवसायीले पौष २५ गतेभित्रै निर्माणकार्य सुचारु गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
निर्धारित समयभित्र काम सुचारु हुन नसकेको बिषयमा स्वदेशको प्रश्नमा हुलाकी बाटो कालोपत्रेको ठेकदार कम्पनी बज्रगुरू कन्स्ट्रक्सनका प्रतिनिधी तुलसी घिमिरेले निकुञ्जको माडी बगहीँ सेक्टरबाट मुख्यालय कसरामा फाइल पठाउन ढिलाई भएको बताउनुभयो । माघ २ गतेबाट भने काम सुचारु हुने उहाँको जिकिर छ । (फोटो: धुलाम्य हुलाकी बाटो)