माडी-९, खरिकुना सेतो पहिरो भीर क्षेत्रमा भैरवनाथको मन्दिर बनाउन स्थानीयबासीहरु सक्रिय

96
SwadeshPost

चितवन । माडी नगरपालिका-९, खरिकुना क्षेत्रमा भैरवनाथको मन्दिर बनाउन स्थानीयबासीहरुले बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल समक्ष अनुरोध गरेका छन् ।

चितवन जिल्लामा नै भैरवनाथको मन्दिर नभएकाले माडी क्षेत्रको आयोध्याधाम क्षेत्रमा भैरवनाथको मन्दिर निर्माणका लागि प्रेम आचार्य, नारदमणि पौडेल लगायतका स्थानीयहरूले अनुरोध गरेका हुन् ।

सीताराम गुफादेखि पूर्वतर्फ रहेको सेतो पहिरो भन्दा माथिल्लो भागबाट माडीका सबै क्षेत्रहरूको दृश्य देखिने भएकाले सो ठाउँमा भैरवनाथको मन्दिर निर्माण गर्नसके धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने स्थानीयहरुको भनाई छ ।

SwadeshPost