चितवन । लामो समय निश्क्रिय रहेका माडीका टोल विकास समितिहरु पछिल्लो समय सक्रिय हुनथालेका छन् ।
विगतमा टोल सुधार समितिका नाउँमा स्थापित भएका टोलस्तरका समितिहरु भूमिका विहीन रहँदा निश्क्रियप्रायः रहेका थिए । तर पछिल्लो समय टोल विकास समितिका नाउँमा गैरसरकारी संस्थाका रुपमा पुनर्गठित भएसंगै टोलस्तरमा सक्रियता बढ्दै गएको हो ।
रमाइलोडाँडा टोल विकास समितिले स्थानीय गाउँलेहरुको समेत सहभागितामा शनिवार बाटो वरपर सरसफाइ गरेको छ । त्यस्तै त्यस्तै बसन्तपुर बजार टोल विकास समिति र इनारबरुवा गाउँको टोल समितिले पनि बजार र गाउँ क्षेत्र सरसफाई गर्ने गरेका छन् ।
माडीमा टोल सुधार समितिहरुले गाउँ टोलमा सरसफाई, टोलस्तरमा विकास निर्माण सहजिकरण, सडक बत्ती जडान लगायतका काम थालेका देखिन्छन् । (फोटोः रमाइलोडाँडा टोल विकास समितिको आयोजनामा सञ्चालित सरसफाई कार्यक्रममा जनसहभागिता)