माडी, चितवन । माडीमा एकैसाथ धेरैजनाको फेसबुक एकाउण्टहरु ह्याक भएका छन् ।
करीब ८ महिना अगाडि ह्याक भएको लक्ष्मण गौतम नामको फेसबुक एकाउण्टबाट सुरुवात भई त्यसमा साथी रहेका आशिष देवकोटा, भागिरथ बस्याल, हरिकृष्ण लामिछाने लगायतका आई.डी.हरु ह्याकिङ भएको हो ।
ह्याकरले सुरुमा म्यासेन्जरबाट लाइसेन्सको फर्म भर्न नम्बर चाहिएको भन्दै मोबाइल नम्बर माग्ने र नम्बर पठाएपछि सो नम्बरको मोबाइलमा आउने कोड माग्दै एकाउण्टमा नियन्त्रण कायम गरेको देखिन्छ ।
एकाउण्ट नियन्त्रणमा लिएसंगै त्यसको म्यासेन्जरबाट प्रभु बैंकको सिता तिमिल्सिनाको नाममा रहेको ०१६०१५७१३०१०००१८ नम्बरको खाताको बारकोड पठाएर रकम समेत माग्ने गरेको भेटिएको छ ।
फेसबुक एकाउण्ट सुरक्षित गर्न कुनैपनि कोड सेयर नगर्ने, बलियो पासवर्ड सिर्जना गर्ने, टु वे भेरिफिकेशन लागु गर्ने, फेसबुकमा एकाउण्टको मोबाइल र इमेल पब्लिक नगर्ने लगायतका सुरक्षा उपाय अपनाउन जरुरी छ