माडी, चितवन । बोनम्यारो क्यान्सर लागी हाल उपचाररत माडी सिधुवा गाउँ निवासी निकेश कुमार महतोको उपचारमा सघाउन स्थानीय महिलाहरुले सहयोग संकलन अभियान चलाएका छन् ।
माडी-४, सिधुवा गाउँ निवासी २१ बर्षका महतो बोनम्यारो क्यान्सरबाट पीडित रही हाल बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारमा रहेका छन् । उनको उपचारमा न्यूनतम् २० लाख रूपैंया खर्च लाग्ने अस्पतालले जनाएको छ ।
परिवारको आर्थिक अवस्था कमजोर रहेका निकेशलाई उपचार खर्चको अभावमा समस्या परिरहेको जानकारी पाएसंगै छिमेकी महिलाहरुले गाउँमै सहयोग संकलन अभियान चलाएका हुन् । उनीहरूले अभियानका क्रममा सोमबारसम्म संकलित ९० हजार रुपैंया बिरामीको परिवारलाई हस्तान्तरण समेत गरेका छन् ।
(क्यान्सर पीडित निकेश महतोको उपचारमा सघाउन निजकै नाउँमा ग्लोबल आई.एम.ई. बैंकमा रहेको खाता नं. २११०७०१००९६९७३ मा रकम सहयोग गर्न सकिने जनाइएको छ ।)