मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुनः प्रतिनिधिसभामा विश्वासको मत

  • A
  • A+
  • A++

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउनुभएको छ ।

विज्ञापन १

सोमबार प्रतिनिधिसभामा मतदानमा सहभागी २६२ सांसदहरू मध्ये प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका हुन् । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए भने १ जनाले मत दिएनन् ।

विज्ञापन २

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका हुन् ।

विज्ञापन ३

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे । यसअघि एमाले र राप्रपाले समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।

तपाईको प्रतिक्रिया