आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

स्वदेशपोष्ट विशेष

माडीका क्यान्सर पीडित विश्वकर्माको उपचार सहयोगार्थ दियो युवा क्लबद्वारा सहयोग संकलन

  • A
  • A+
  • A++

चितवन । माडी-५, राधापुर निवासी क्यान्सर पीडित बिरामी राहुल विश्वकर्माको उपचार सहयोगार्थ स्थानीय दियो युवा क्लबले सहयोग संकलन गरेको छ ।

विज्ञापन १

क्लबले क्यान्सर पीडित अति बिपन्न परिवारका विश्वकर्माको उपचारमा सघाउन राहुल विश्वकर्मा बचाउ अभियान चलाई संकलित रु ५० हजार सहयोग गरेको हो ।

विज्ञापन २

शनिवार क्लबका अध्यक्ष हरि पंगेनी र सचिव देव बहादुर पुन लगायतले राहुलका बुबा कृष्ण विश्वकर्मा र परिवार सदस्यलाई अस्पतालमै भेटी उपचार सहयोग रकम हस्तान्तरण गरेको हो ।

विज्ञापन ३

२१ बर्षीय विश्वकर्माको हाल बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार जारी रहेको छ । सहयोग संकलन अभियान जारी रहेको क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया