चितवन । तात्कालीन माओवादी सशस्त्र युद्धका सहीदलाई राष्ट्रिय सहिद घोषणा गरी सरकारले प्रकाशन गरेको राजपत्रमा माडीका २१ जना सहिदहरु समेटिएका छन् ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले राजपत्रमा नाम प्रकाशित गरेको हो । प्रकाशित नाउँमध्ये केहि राज्य पक्षबाट मारिएका, केहि माओवादीले सुराकीको आरोपमा मारेका र अधिकांश २०६२ साल जेष्ठ २३ गतेको बाँदरमुढे घटनामा परी मरेकाहरु रहेकाहरु रहेका छन् ।
सुचीमा प्रकाशित माडी ठेगाना रहेकाहरुमा निलकण्ठ सुवेदी, तिलक बहादुर खाती, केशव पौडेल क्षेत्री, बासु पौडेल, रामचन्द्र सुवेदी, बिष्णुप्रसाद घिमिरे, डम्बरकुमारी तिवारी, रमेश मल्ल, आत्मराम सुवेदी, जानुका तिवारी, मीना भण्डारी, रामचन्द्र सुवेदी, निश्चल सापकोटा, रबिन्द्र चौधरी, रबि तिवारी, सीता न्यौपाने, सानुमाया बोटे, दिलमाया सापकोटा, फुर्के प्रजा, रमेश श्रेष्ठ र मीन गुरुङ रहेका छन् ।
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधीसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।