माडी, चितवन । नियमित सिंचाईको सुबिधा बढ्दै जाँदा माडीका कृषकहरु चैते धानको खेतीतर्फ आकर्षिक हुँदै गएका छन् ।
गतबर्ष करीब २ हजार बिगाहा क्षेत्रफलमा चैते धान खेती भएकोमा यसवर्ष २ हजार ५०० सय बिघा जमीनमा खेती भएको माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण प्रसाद उपाध्यायले बताउनुभयो ।
भूमिगत सिंचाई, सिंचाई पाइपलाइन बिस्तार र कुलो लाइनिङ अनुदान लगायतका कार्यक्रमहरुबाट भरपर्दो सिंचाईको व्यवस्था बढ्दै जाँदा कृषकहरु चैतेधान खेतीतर्फ अग्रसर हुनथालेका हुन् ।
बिगतमा चैतेधान खेती नगर्ने कृषकहरु पनि क्रमशः यसतर्फ आकर्षित हुँदै गएको पाइएको हो । नियमित सिंचाई सुविधा पुगिसकेका जमीनमध्ये करीब ५० प्रतिशत क्षेत्रमा चैते धान लगाउन थालिएको कृषि शाखाको अनुमान छ । चैते धान खेती नहुने क्षेत्रका किसानले भने मकै खेती गरेका छन् ।
राम्रो उत्पादन, डुबान र बगानको समस्या नहुने, रोगकिराको प्रकोप कम हुने, मलखादको अभाव नरहने र समयमै धान भित्र्याउन पाउने भएकै कारण चैतेधानको खेतीतर्फ आकर्षण बढ्दै गएको किसानहरु बताउँछन् ।