सोमबार, मङि्सर २४, २०८१
सोमबार, मङि्सर २४, २०८१

देश-प्रदेश खबर पोष्ट

गोद्धक क्षेत्रमा रामायण कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र

  • A
  • A+
  • A++

माडी, चितवन । माडी-१, गोद्धक क्षेत्रमा लाग्ने रामचरित्र मानस (रामायण) कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र पारिएको छ ।

विज्ञापन १

‘संस्कार, संस्कृति र प्राकृतिक सम्पदाको बिकास, संरक्षण र संभारः पर्यटन बिकासको मुल आधार’ भन्ने नारासहित आउँदो चैत १३ देखि १८ गतेसम्म ६ दिने भव्य मेलाको तयारी भएको हो ।

विज्ञापन २

मेलाको मुख्य आकर्षणका रुपमा चैत १३ गतेदेखि १७ सम्म अन्तर्राष्ट्रिय कथावाचक चैतन्य कृष्णले रामचरित कथावाचन गर्नुहुनेछ । त्यस्तै मंगोलियन कल्चर ग्रुप र अन्य कलाकारहरुको साँस्कृतिक प्रस्तुति पनि रहँदैछ ।

विज्ञापन ३

मेलामा स्टलहरुको संख्या समेत साविकभन्दा धेरै रहनेछन् । स्टल राख्नेहरुले बिजुली र पानीको शुल्क बाहेक स्टल शुल्क स्वेच्छिक सहयोगस्वरुप दिए पुग्ने व्यवस्था रहेको मेला आयोजक पक्षले जनाएको हो ।

मेलामा श्रद्धालु भक्तजनहरुका लागि भोजनगृह सञ्चालन, शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, विरालोनाथ, झन्डी डाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकन, परशुराम कुण्ड स्नानका साथै भलिबल, छेलो फाल्ने प्रतियोगिता र अन्य रमाइला खेलकूदजस्ता आकर्षण पनि रहनेछन् ।

गोद्धक क्षेत्र विकास संस्थाको आयोजना र रेवेश्वर शिव मन्दिर, स्टार स्पोर्टस् क्लब र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको सहआयोजनामा सञ्चालन हुन लागेको मेलामा सहयोगीका रुपमा स्थानीय टोल सुधार समितिहरु रहेका छन् भने मुख्य प्रवर्द्धकमा माड्री नगरपालिका र प्रवर्द्धकहरुमा नगर पर्यटन विकास समिति एवं माडी १ र २ वडा कार्यालय रहेका छन् ।

तपाईको प्रतिक्रिया