

माडी, चितवन । माडी आयुर्वेद औषधालयमा काठमाडौं बाहिरकै पहिलो निःशुल्क सर्बाङ्ग स्वेदनको सेवा सुरु भएको छ ।

माडी-२, बरुवा बजारस्थित सो औषधालयमा सेवा थप हुने क्रममा भित्री बस्त्रसहित वा निर्वस्त्र सुतेर गरिने सर्बाङ्ग स्वेदनको नयाँ सेवा थप भएको हो । विशेषतः बाथ रोगका समस्या भएका तथा शरीर दुखाई भएका बिरामीहरुका लागि बिभिन्न जडिबुटीको बाफबाट स्वेदनको सेवा सुरु गरेको औषधालयका प्रमुख शोभाखर दवाडीले बताउनुभयो ।

औषधालयले यसअघि देखि नै बिरामी परीक्षण, औषधी वितरण, पूर्वकर्म (स्नेहन स्वेदन), ज्येष्ठ नागरिकका लागि रसायन औषधी वितरण, स्तनपायी आमालाई दुग्धबद्र्धक औषधी वितरण, शिरोधारा कटिबस्ती र आयुर्वेद स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ । औषधालयका सबै सेवाहरु निःशुल्क रहेका छन् । पछिल्लो समय आयुर्वेदिक उपचार विधितर्फ बिरामीहरुको आकर्षण बढ्दै गएको पनि छ । (फोटो ब्लर गरिएको)
