आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

माडी आयुर्वेद औषधालयले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म (शिरोधारा) लोकप्रीय हुँदै

  • A
  • A+
  • A++

माडी, चितवन । माडी आयुर्वेद औषधालय, बरुवाले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म (शिरोधारा) लोकप्रीय हुँदै गएको छ ।

विज्ञापन १

बाथ, अनिद्रा, टाउको दुखाई, पिनास, मानसिक समस्या र डिप्रेसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति उपयोगी मानिन्छ । लगातार निश्चित उचाईबाट औषधीयुक्त तेल निरन्तर रुपमा निधारको बीचमा धारा दिई उपचार गरिन्छ ।

विज्ञापन २

आयुर्वेदिक उपचारको महत्व बुझेका बिरामीहरुले आफ्नै ठाउँमा निःशुल्क रुपमा सेवा लिन थालेको औषधालयका प्रमुख शोभाकर दवाडीले बताउनुभयो । यसले बुद्धि विवेक जागृत गर्न, मानसिक स्फूर्ति कायम गर्न, चिन्ता दूर गर्न, छारेरोग, टाउको दुखाई, उच्च रक्तचाप र पक्षाघात हटाउन, स्नायु प्रणालीलाई सबल बनाउन, आँखाको ज्योति बढाउन तथा स्मरणशक्ति बढाउन मद्धत गर्ने दवाडीले जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया