मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

विद्यार्थीको घरघरमा पुग्दै र अभिभावकसंग प्रत्यक्ष भेट परामर्श गर्दै प्रधानाध्यापक प्रेमलाल वि.क.

  • A
  • A+
  • A++

बिज्ञान बिषयका माध्यमिक स्थायी शिक्षक र हाल माडीकै सर्बाधिक विद्यार्थी संख्या रहेको सोमेश्वर माध्यमिक विद्यालय बरुवाका प्रधानाध्यापक अर्थात प्रेमलाल विश्वकर्मा ।

विज्ञापन १

तर विश्वकर्माको परिचय यति मै सिमित छैन । उहाँ विद्यालयको व्यवस्थापन एवं शिक्षण कार्यको अलावा साइकल चढी विद्यार्थीको घरघरमा पुग्ने र अभिभावकहरुसंग प्रत्यक्ष भेट परामर्श समेत गर्दै आउनुभएको छ ।

विज्ञापन २

सरल स्वभाव र भद्र शैलीका विश्वकर्माले डायरीमा विद्यार्थीहरुको अवस्था र शैक्षिक स्तर आफैले टिपोट गरी अद्यावधिक राख्नुहुन्छ । कापी कलमको अभाव वा अन्य कारण देखाई विद्यार्थीलाई विद्यालय नपठाउने अभिभावकलाई घरभेट गरी समस्याको निदान पनि खोज्नुहुन्छ ।

विज्ञापन ३

भरतपुर-२५ का स्थायी बासिन्दा रहनुभएका विश्वकर्माले २०५८ सालदेखि निरन्तर शिक्षण गर्दै आउनुभएको छ । माडीका माध्यमिक विद्यालयहरुमा कार्यरत मध्ये एकमात्र दलित प्रधानाध्यापक रहनुभएका विश्वकर्माले विद्यालयलाई थप उकास्न शिक्षक, विद्यार्थी र अभिभावक सबैले अझै धेरै मिहिनेत गर्नुपर्ने बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया