पार्टीलाई व्यवस्थित र सृदृढ गर्न नेकपा (माओवादी केन्द्र)ले माडी क्षेत्रमा ‘दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढिकरण अभियान’ सञ्चालन गरेको छ ।
विज्ञापन १
केन्द्रीय समितिको निणर्य अनुरुप माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्यहरु परिचालन गरी माडीसहित चितवन र देशैभर सो अभियान सञ्चालन थालेको हो ।
अभियान सञ्चालनका लागि चितवनको माडी नगर क्षेत्रमा डा. बुद्धि नेपाली, भरतपुर महानगरमा ठाकुर प्रसाद ढकाल र खैरहनी नगरपालिकामा ऋषि काफ्लेलाई जिम्मेवारी रहेको छ ।
विज्ञापन २
अभियानका क्रममा पार्टीका नेताहरु जनताको घरमा पुगेर पार्टी निर्माणमा लाग्ने, पार्टी र भातृ संगठनहरुको बैठक, भेला र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा पार्टी र सरकारलाई जोडेर जनताको समस्या समाधानमा केन्द्रित हुने काम गरिएको माडी क्षेत्रमा खटिनुभएका केन्द्रीय सदस्य डा. बुद्धि नेपालीले जानकारी दिनुभयो ।
विज्ञापन ३