मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि चितवनमा मोटरसाइकल -याली (भिडियो सहित)

  • A
  • A+
  • A++

माडी, चितवन । निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि समृद्धिका लागि युवा अभियान माडीले मोटरसाइकल -याली प्रदर्शन गरेको छ ।

विज्ञापन १

माडीको बसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म -याली प्रदर्शनको कार्यक्रम रहेको हो । निकुञ्जका जनावरहरुले समेत धुलोका कारण मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर टाँस गर्दै धुलोरहित सडक निर्माणको दबाबका लागि र्याली निकालिएको हो ।

विज्ञापन २

सहभागीहरुले “वायु प्रदुषणले जनावरलाई पनि हानी पुर्‍याउँछ, सँगै लडौं”, “बन्यजन्तु र मानब दुबैको हितकोलागी धुलो रहित बाटो आजको आबस्यकता”, “Full of Dust, We are Lost”, “Much Pollution not Solution” र “Reduce Pollution, Save Wildlife, Secure our Future” लेखिएकाका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

विज्ञापन ३

निकुञ्जभित्र बाटोमा उड्ने धुलोले जनावरहरुलाई समेत असर गरेको बिषय अन्तर्राष्ट्रिय र राष्ट्रिय चासो एवं चिन्ताको बिषय रहेकोले दबाबस्वरुप सो र्याली निकालिएको एक अभियन्ता रामचन्द्र लम्सालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया