मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीका सामाजिक अगुवा मथुरा बहादुर भण्डारीले ४ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

  • A
  • A+
  • A++

माडीका अति बिपन्न बालबालिकाहरुलाई पठनपाठनमा सघाउन अभिभावकत्व ग्रहण गर्ने अभियान अन्तरगत माडीका सामाजिक अगुवा मथुरा बहादुर भण्डारीले ४ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

विज्ञापन १

अयोध्याधाम पूजा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका संरक्षणकर्मी एवं सहकारीकर्मी भण्डारीले जनजीवन माध्यमिक विद्यालय, माडी-८, खरकट्टामा कक्षा ९ मा अध्ययनरत ४ जना बालबालिकाहरुको अभिभावकत्व लिने घोषणा गर्नुभएको हो ।

विज्ञापन २

यसअघि, माडीका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको संयुक्त बैठकले ‘इच वान टिच वान’ मोडलमा अति बिपन्न विद्यार्थीहरुको बार्षिक व्यय व्यहोर्नेगरी अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको थियो । सो अभियानमा उद्योगी, व्यवसायी र अन्य सामाजिक व्यक्तित्वहरुलाई पनि सहभागी गराउन पहल गर्ने बैठकको निर्णय थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया