माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जभित्र कालोपत्रे सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययनका लागि स्वीकृति जारी भइसकेको जनाएको छ ।
विज्ञापन १
शनिवार निकुञ्ज मुख्यालय, कसरामा चितवनका पत्रकारहरुसंग कुराकानी गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पूर्जा पुनले सो जानकारी दिनुभएको हो ।
विज्ञापन २
जनावरहरुको आवतजावत हुने कोर क्षेत्रमा फ्लाई ओभर निर्माण गरी सडक बनाउन सकिने राय पेश गरेको उहाँले सार्वजनिक गर्नुभयो ।
विज्ञापन ३
त्यसैगरी, माडी क्षेत्रमा मान्छे र जनावरमाथि आक्रमण गरिआएको बाघ नियन्त्रणका लागि हात्ती सहितको प्राविधिक टोली परिचालन भएको पनि उहाँले बताउनुभयो ।
शुक्रबार माडीको कृष्णनगरमा बाघले एकजना कृषकलाई आक्रमण गरी घाइते बनाएको थियो । उनको हाल भरतपुरमा उपचार जारी छ ।