मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

मगुही पुलको ठेकदार पक्षले जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त (भिडियो सहित)

  • A
  • A+
  • A++

माडी, चितवन । माडीको मगुही खोला पुल निर्माणका ठेकदार पक्षले यही बर्ष जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

विज्ञापन १

माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले निर्माणपक्ष सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरका प्रमुख अनिल लोहनीलाई निर्माणस्थलमै बोलाई गर्नुभएको कुराकानीमा लोहनीले सो प्रतिबद्धता गर्नुभएको हो ।

विज्ञापन २

विभिन्न कारणले पुल निर्माणमा ढिलाई हुनगएपनि अब कामदारको संख्या थप गरी निर्माण कार्यलाई तीब्रता दिने लोहनीको भनाई थियो ।

विज्ञापन ३

पुल निर्माण कार्यका लागि आवश्यक सहयोग र सहजिकरणमा निरन्तर काम गरेको भन्दै माडीका नगरप्रमुख महतोले जेष्ठ महिनाभित्रै काम पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

हाल पुल निर्माणस्थलमा न्युन संख्यामा कामदार खटिएका छन् । पुलको साइड फिलिङ लगायत फिनिसिङका कामहरु गरी करीब १५ प्रतिशत काम बाँकी रहेको छ ।

मगुही पुल निर्माण अघि बढेसंगै माडीका अन्य अधुरा पुलहरुको निर्माण पनि अगाडि बढाउने निर्माण पक्षको भनाई छ ।

तपाईको प्रतिक्रिया