चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्नुभएको छ ।
विज्ञापन १
प्रेस सेन्टर नेपाल, चितवनद्वारा आयोजित पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको जुनसुकै फाइल खोल्न आफू तयार भएको बताउँदै रास्वपालाई सरकारमा आउन आग्रह गर्नुभएको हो ।
विज्ञापन २
सरकारमा आउने विषयमा रास्वपा सभापति लामिछाने पनि सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्नुभयो ।
विज्ञापन ३
यसअघि रास्वपाका सभापति एवं चितवन २ बाट प्रतिनिधिसभा सदस्य लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थन समेत फिर्ता लिने बताउनुभएको थियो ।