२०८० बैशाख २१ गते, चितवन । माडी-९ वडा कार्यालयले हनुमानझुला (प्रस्तावित वडा नं. १०) तर्फ आयआर्जनका लागि पर्यटन प्रवर्द्धनजन्य योजनाहरु प्राथमिकता दिई संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।
विज्ञापन १
वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका हनुमानझुला तर्फका योजनाहरुमा पर्यटन प्रवर्द्धनका लागि सामुदायिक होमस्टे र सुरक्षित नागरिक आवास कार्यक्रमका लागि ८ करोड ५० लाख रुपैंया बजेट माग रहेको देखिन्छ ।
विज्ञापन 2
यसबाहेक, हनुमान मुर्ती रहेको स्थानमा हनुमानझुला पार्क निर्माणका लागि २ करोड, हनुमानझुला अन्तरगतका विभिन्न खोला तटबन्धनका लागि ४ करोड ५० लाख, हनुमानझुला रिंगरोड सडक र १५ वटा कल्भर्ट निर्माणका लागि १८ करोड एवं हनुमानझुला बृहत् सिंचाई बोरिङ्ग योजनाका लागि १ करोड ६० लाख रुपैंया बजेट माग रहेको छ ।