आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी-९ वडा कार्यालयले माडीतर्फ अयोध्याधामको भौतिक विकास सहितका योजना समेटी बजेट माग

  • A
  • A+
  • A++

२०८० बैशाख २१ गते, चितवन । माडी-९ वडा कार्यालयले धार्मिक तथा पर्यटकीय क्षेत्र अयोध्याधामको भौतिक विकास सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।

विज्ञापन १

वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका माडी उपत्यकातर्फका योजनाहरुमा अयोध्याधाम मन्दिर क्षेत्र संरक्षणका लागि ३ करोड रुपैंया तथा अयोध्याधाम व्यवस्थापन तथा गणेशकुञ्ज वातावरणमैत्री पार्क निर्माणका लागि २ करोड रुपैंया बजेट माग रहेको हो ।

विज्ञापन २

यस्तै, बाँसखोला घाँघरखोला डम्डारे खोला तटबन्धनका लागि ३ करोड र खरिकुना टम्टा खोला गणेशकुञ्ज टम्टा खोला कान्छी बगहीँ कल्भर्ट निर्माणका लागि ४ करोड रुपैंया बजेट समेत माग रहेको देखिन्छ ।

विज्ञापन ३

यसबाहेक, गणेशकुञ्जस्थित राममन्दिरदेखि जेठी बगहीँ कान्छी बगहीँ हुँदै माडी बसपार्कसम्म ६ किमि सडक कालोपत्रे र सो खण्डमा ५ वटा कल्भर्ट निर्माणका लागि १२ करोड रुपैंया, कृष्णनगर गोबिन्दबस्ती बैंकल्पिक ४ किमि सडक कालोपत्रे र सो खण्डको कल्भर्ट निर्माणका लागि १० करोड रुपैंया बजेट समेत मागिएको छ ।

माडी ९ मा माडी उपत्यकातर्फ नै, गणेशकुञ्ज सागबारी सडक कालोपत्रे र कल्भर्टका लागि ७ करोड, गोबिन्दबस्तीदेखि जेठी र कान्छी बगहीँ सडक कालोपत्रेका लागि ६ करोड र स्थानीय सामुदायिक वनमा कंक्रिट वाल सहित मेसजाली निर्माणका लागि १३ लाख रुपैंयाको योजना मागिएको छ ।

तपाईको प्रतिक्रिया