माडी (स्थानीय) खबर पोष्ट

माडी-८ वडा कार्यालयले बैकुण्ठधामको पर्यटन विकास सहितका योजनाहरू समेटी बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-८ वडा कार्यालयले पर्यटकीय क्षेत्र बैकुण्ठधामको पर्यटन विकास सहितका योजनाहरू समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।

वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका योजनाहरुमा बैकुण्ठधामको मर्मत सम्भार र विकास निर्माणका लागि ३ करोड रुपैंया बजेट माग रहेको हो ।

त्यसैगरी, वडा कार्यालयबाट बैकुण्ठ पर्यटन क्षेत्र जाने बाटो अन्तरगत भालु नालामा पुल निर्माणका लागि ३ करोड, इन्द्रबस्ती र जीवनपुरबिचमा पर्ने टुनामुना खोलामा पुल निर्माणका लागि ५ करोड र अनार घाँघर खोलामा पुल निर्माणका लागि ५ करोड रुपैंया बजेट माग रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार