माडी-६ वडा कार्यालयले पुष्पमदन बाटिका निर्माण सहितका योजना समेटी बजेट माग

115

२०८० बैशाख २१ गते, चितवन । माडी-६ वडा कार्यालयले पर्यटकीय क्षेत्र पुष्पमदन बाटिका निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।

वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका योजनाहरुमा पुष्पमदन बाटिका निर्माणका लागि ३ करोड रुपैंया बजेट माग रहेको हो ।

त्यसैगरी, कीर्तनपुर बजारबाट स्याउलीबास हुँदै कृष्णमन्दिरसम्म नालासहितको सडक कालोपत्रेका लागि ५ करोड, रामराज्यपुरबाट मझुवासम्म नालासहितको कालोपत्रे सडकका लागि ४ करोड र बसन्तपुर चोकदेखि रौतनी खोलासम्म नालासहित बाटो कालोपत्रेका लागि २ करोड रुपैंया बजेट माग रहेको छ ।

SwadeshPost