२०८० बैशाख २१ गते, चितवन । माडी-५ वडा कार्यालयले पर्यटकीय क्षेत्र सोमेश्वरगढीसम्म नालासहितको कालोपत्रे सडक र सोमेश्वरगढी निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।
विज्ञापन १
वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका योजनाहरुमा सोमेश्वरगढीसम्म कालोपत्रे बाटोको सो योजनाका लागि १२ करोड र सोमेश्वरगढी निर्माणका लागि ३ करोड रुपैंया माग समेटिएको हो ।
विज्ञापन २
त्यसैगरी, बसन्तपुर हुलाकी सडकदेखि पिपरिया गाउँ हुँदै रमाइलोडाँडासम्म कालोपत्रेका लागि २ करोड र बाँदरमुढे एवं रौतनी खोला तटबन्धनमा २ करोड रुपैंया बजेट माग रहेको छ ।
विज्ञापन ३