देश-प्रदेश खबर पोष्ट

निकुञ्जभित्रको बाटो स्तरोन्नतिका लागि बजेट विनियोजन गर्न माथिल्ला सरकार समक्ष माडी नगरको अनुरोध

२०८० बैशाख २१ गते, चितवन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो स्तरोन्नतिका लागि बजेट विनियोजन गरिदिन संघीय र प्रदेश सरकार समक्ष अनुरोध गरेको छ ।

नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुरुप निकुञ्जभित्र बनकट्टा हुँदै कसरा जोड्ने सडक स्तरोन्नतिका लागि आगामी आर्थिक बर्ष २०८०/८१ मा २५ करोड रुपैंया विनियोजन गरिदिन सिफारिस सहित अनुरोध भएको हो ।

यसअघि २०७८ मंसिरमा अर्थ मन्त्रालयले निकुञ्जभित्र सडक निर्माणका लागि १२ करोड रुपैंया बजेट स्वीकृत गरेपनि वातावरणीय प्रभाव मुल्यांकन नभएकाले फ्रिज भएको बताइएको थियो । हाल ई.आई.ए.को प्रक्रिया अगाडि बढ्ने आशा बढेको अवस्था छ ।

त्यसैगरी, नगर कार्यपालिकाले आफ्ना गौरवका दुई योजनाहरु रिउ खोला करिडोर र माडी चक्रपथ निर्माणका लागि पनि प्रतियोजना १ अर्ब ५० करोड रुपैंया बजेट माग गरेको छ ।

यसबाहेक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि १० करोड, बघौंडा अस्पताल भवन निर्माणका लागि २५ करोड र दक्षिणी भेगमा रहेका वन क्षेत्रमा उच्चस्तरीय मेसजाली लगाउने योजनाका लागि २५ करोड रुपैंया बजेट माग गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार