अपराध खबर पोष्ट

माडीको एक सुनचाँदी पसलबाट सुनका गहना र १ लाख रुपैयाँ नगद चोरी

माडी चितवन । माडी-३, बसन्तपुरमा रहेको एक सुनचाँदी पसलबाट ३ तोला बराबरको सुनका गहना र १ लाख रुपैयाँ नगद चोरी भएको छ ।

माडी ३, बसन्तपुर झिलिमिली मार्केटमा रहेको स्नेह दिपक गहतराज सुनचाँदी पसलबाट बुधबार राति पसलको ढोकाकाे ताल्चा फुटाइ लकर खोलेर सुनको गहना र नगद चोरी भएको हो ।

चोरीका सम्बन्धमा सीसी क्यामेरामा कैद गरिएको फुटेजबाट थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय माडीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार