बागमती प्रदेश पर्यटन मन्त्रालयद्वारा माडीको पर्यटन विकासका विभिन्न योजनाहरूमा बजेट विनियोजित

119
SwadeshPost

माडी, चितवन । बागमती प्रदेशको पर्यटन मन्त्रालयले माडीको रेडहिल पार्कमा भौतिक पूर्वाधार निर्माणका लागि ३३ लाख रुपैंया विनियोजन गरेको छ ।

मन्त्रालयले आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रम अन्तरगत रेडहिल पार्कमा पर्यटन विकासलाई प्राथमिकता दिएको हो ।

यसबाहेक बैकुण्ठ धाम क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि ८ लाख, बरुवा बजारस्थित गुम्बाका लागि पनि ८ लाख र सोमेश्वर क्षेत्रमा सुचना घर निर्माणका लागि समान ८ लाख विनियोजन गरेको बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले बताउनुभयो ।

SwadeshPost