बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले सोमेश्वरगढी जाने सडक स्तरोन्नतिका लागि ९० लाख रुपैंया विनियोजन गरेको छ ।
मन्त्रालयले आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रम अन्तरगत सोमेश्वर सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्न बजेट छुट्याएको प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रालयले माडी-४ गंगेटे खोलाबाट घोसरी जाने बाटोका लागि ५० लाख, बसन्तपुर बजारबाट पिपरिया थारु गाउँ जाने बाटोका लागि ५० लाख, माडी-७, माथिल्लो देबेन्द्रपुरको बाटो कालोपत्रेका लागि ४० लाख र माडी-८, चौकीडाँडा बाटो कालोपत्रेका लागि २० लाख रुपैंया बजेट राखेको छ ।
यसबाहेक खरकट्टा स्कुलबाट तिलु पुरीको घर हुँदै वडा-८ कार्यालय चोकजाने बाटोका लागि ४० लाख, बरुवा बजारबाट सोमेश्वर मा.वि. जाने बाटोका लागि २० लाख र माडी-७ जगन्नाथपुरीबाट त्रिवेणी धाम जाने बाटोका लागि २५ लाख रुपैंया बजेट परेको प्रदेशसभा सदस्य ढकालले बताउनुभयो ।