आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

कृषि र कृषक पोष्ट

बिप्लव नेतृत्वको नेकपाले चितवनको माडी क्षेत्रमा उत्पादन ईकाइ खडा गरी धान खेती गर्दै

  • A
  • A+
  • A++

माडी, चितवन । श्रम र उत्पादनमा आधारित आत्मनिर्भर पार्टी बनाउने उद्देश्य अनुरुप बिप्लव नेतृत्वको नेकपाले माडी क्षेत्रमा उत्पादन ईकाइ खडा गरी धान खेती गर्दैछ ।

विज्ञापन १

पार्टीको केन्द्रीय उत्पादन ईकाइ रहेको माडी-४, खैरहनी र जिल्ला ईकाई रहेको माडी-५ राधापुर क्षेत्रमा गरी करीब १२ बिगाहा क्षेत्रफल जमीनमा धानखेती गरिने पार्टीका केन्द्रीय पोलिटव्युरो सदस्य सन्देश पौडेलले बताउनुभयो ।

विज्ञापन २

‘श्रममा आधारित पार्टी; उत्पादनमार्फत आत्मनिर्भर’ भन्ने नारासहित असार १५ गते धान दिवसको अवसरमा पार्टीका महासचिव विप्लवले कपिलवस्तुबाट देशव्यापी रूपमा धान रोपाइँको उदघाटन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

विज्ञापन ३

उद्घाटन पश्चात असार १८ गतेसम्म माडी -४ खैरहनीमा पार्टीका प्रबक्ता प्रकाण्ड सी को उपस्थितिमा रोपाइँ कार्यक्रम रहेको जनाइएको छ । उत्पादन ईकाइ अन्तरगत सो पार्टीले यसअघि सो जमीनमा तरकारी खेती गरेको थियो ।

तपाईको प्रतिक्रिया