माडी, चितवन । आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गरेको माडीको लक्ष्मीनिवासस्थित पुष्प मदन स्मृति वनबाटिकामा निर्माणाधीन स्काई चियर (आकाशे कुर्ची) सञ्चालनमा आएको छ ।
विज्ञापन १
चितवनकै पहिलो रहेको सो आकाशे कुर्ची माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, नगर उपप्रमुख खेमप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
विज्ञापन 2
पुष्पमदन बाटिका क्षेत्रभित्र, भ्युटावरसंगै रहेको घुम्ने (रोटेटिङ्ग) मोडेलको सो स्काई चियर माडी नगरपालिकाको सहयोगमा निर्माण भएको हो । साहसिक खेल रुपमा लिइने स्काई चियर सञ्चालनमा आएसंगै पुष्प मदन स्मृति वनबाटिकामामा पर्यटकहरुको आकर्षणको थप एक विशेषता थपिएको छ ।