शनिबार, पुष २७, २०८१
शनिबार, पुष २७, २०८१

देश-प्रदेश खबर पोष्ट

नागरिकताको प्रमाणपत्र पाउँदा जन्मसिद्ध नागरिकता पाएकाहरूको सन्तानहरूमा छायो खुसी

  • A
  • A+
  • A++

माडी, चितवन । माडी-३, रेवा टोल निवासी मनु मियाका दुई छोराले मंगलबार नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा उनीद्वयको खुसीको सीमा थिएन ।

विज्ञापन १

लामो समयदेखि नागरिकताविहीन भएर बस्नुपर्दाको पीडा खुसीको आँसुमा परिणत भएको थियो । मनुका दुई छोरा सद्रेश आलम र संजय आलमले मंगलबार ईलाका प्रशासन कार्यालय माडीमा बाट नागरिकता प्राप्त गरेका हुन् ।

विज्ञापन २

‘हामीलाई राज्यले वर्षौंदेखि अनागरिक बनाएर अन्याय गरेको थियो । यही देशका नागरिकता सन्तान हामी, यही अध्ययन गर्यौं, हुर्कियौँ तर राज्यले विभेद गरिरहेको थियो,’ मियाँले भने ।

विज्ञापन ३

अध्ययन पूरा गरेर पनि रोजगारी र अवसरबाट वञ्चित हुनुको पीडा हामीलाई मात्र थाहा छ । अब नागरिकता पाएपछि बल्ल यो देशको नागरिक बनियो । आज साह्रै खुसी छौँ ।’ सञ्जय भने । सद्रेश पशुपन्छी विज्ञानमा +२ उतीर्ण भई नागरिकताको कारण लाइसेन्सकाे परीक्षा दिन रोकिएका थिए ।

उनीहरूसँगै नागरिकता पाउने अन्य पनि निकै खुसी छन् । नागरिकता सम्बन्धी नयाँ ऐन लागू भएपछि जन्मसिद्ध नेपाली नागरिकता पाएकाहरू उमेर पुगेका सन्तानहरूले नागरिकता लिन पाएका हुन् ।

तपाईको प्रतिक्रिया