वर्षायाम लागेसंगै चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने

125
SwadeshPost

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने भएको छ ।

निकुञ्ज प्रशासनले एक सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स-साना खोला, खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुने र यसबाट मानवीय क्षतिसमेत हुनसक्ने कारणले जिप र डुंगा सफारी बन्द गर्न लागिएको बताएको हो ।

वर्षाको मौसमलाई मध्यनजर गर्दै चितवन निकुञ्जले हरेक वर्ष केही समय यी गतिविधि बन्द गर्ने गर्छ । वनपथहरूमा जोखिम मत्थर भएपछि पुनः पर्यटन गतिविधिहरू सुरू हुने निकुञ्जका प्रवक्ता गणेश प्रसाद तिवारीले बताउनुभयो ।

यस आर्थिक वर्षको जेठसम्ममा चितवन निकुञ्जले पर्यापर्यटनको राजस्व वापत २२ करोड ७४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । माडी नगरपालिकाबाट शान्त घर रिसोर्टको १ वटा जीपसहित सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट ९, उजौलीबाट २ र अमलटारीबाट ५ वटा जिपले अनुमति लिएका छन् । (फोटो: सागर चन्द)

SwadeshPost