शुक्रबार, मङि्सर २१, २०८१
शुक्रबार, मङि्सर २१, २०८१

देश-प्रदेश खबर पोष्ट

‘वर्गीय विभेद अन्त्य भएमात्र सामाजिक विभेद अन्त्य हुन्छ’: नेकपा प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’

  • A
  • A+
  • A++

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वर्गीय विभेद अन्त्य भएमात्र सामाजिक विभेद अन्त्य हुने बताउनुभएको छ ।

विज्ञापन १

दलित जागरण माडीको आयोजनामा आइतबार माडीका दलित नेता र अगुवाहरुसंग छलफल गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता प्रकाण्डले ‘उत्पीडनको अन्त्यको लागि उत्पीडित वर्गलाई बिचार सहितको पार्टी आवश्यक रहेको’मा जोड दिनुभयो ।

विज्ञापन २

‘काँग्रेस, एमाले वा माओवादी केन्द्रबाट दलित जातीय उत्पीडन अन्त्यको गुञ्जायस नरहेको’ जिकीर गर्दै नेता प्रकाण्डले ‘हिँजो उत्पीडित वर्गको आवाज बोल्दा सबैजना माओवादी बनेको र अहिले उत्पीडित वर्गको आवाज छोड्दा माओवादी कमजोर बनेको’ टिप्पणी गर्नुभयो ।

विज्ञापन ३

‘राज्यले शासन व्यवस्था लाद्न हतियारको उपयोग गरेजस्तै उत्पीडित वर्गले उत्पीडन अन्त्यको लागि हतियारको उपयोग गर्नुपर्ने अवस्था आउने’ उहाँको भनाई थियो । हाल नेपालमा राजनैतिक बैचारिक रुपमा नेकपा सबैतिर हाबी रहेको उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अर्का स्थायी कमिटि सदस्य अनिल शर्मा ‘बिरही’ र पोलिटब्युरो सदस्य सन्देश पौडेल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया