स्थानीय तहबाट दुधमा अनुदान दिएका पालिकाहरुमा बागमती प्रदेशले दुधको अनुदान कटौती गरेसंगै माडीका दुग्ध उत्पादक किसानहरुले प्रतिलिटर ५ रुपैंया गुमाउने भएका छन् ।
प्रदेश सरकारले दोहोरो अनुदान हुने पालिकाहरुमा अनुदान कटौती गर्ने निर्णय गरेसंगै माडीसहित भरतपुर र राप्ती नगरपालिकाका दुग्ध उत्पादक कृषकहरुले पाउनुपर्ने थप प्रतिलिटर ५ रुपैंया अनुदान काटिएको हो ।
माडी नगरपालिकाले दुग्ध उत्पादक कृषकहरुलाई हाल प्रतिलिटर ४ रुपैंया अनुदानको व्यवस्था गरेको छ । प्रदेश सरकारको अनुदान काटिएसंगै प्रतिलिटर ९ रुपैंया अनुदान पाउनुपर्ने माडीका कृषकहरु प्रतिलिटर ४ रुपैंया अनुदानमा खुम्चिनुपरेको हो ।
माडी नगरपालिकाले दुग्ध उत्पादक कृषकहरुको अनुदानमा बार्षिक ५० लाख बढी रुपैंया अनुदानमा खर्चिने गरेको छ । नगर क्षेत्रमा करीब एक हजार जना कृषकहरुले कृषि सहकारी, कृषि समूह र व्यवसायिक कृषि फर्ममार्फत दुग्ध अनुदान पाउने गरेका छन् ।