आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

चितवन खबर पोष्ट

पत्रकार महासंघ चितवनबाट सदस्यको नवीकरण र नयाँ सदस्य सिफारिसको बिरोधमा प्रेस चौतारीद्वारा तालाबन्दी

  • A
  • A+
  • A++

नेपाल पत्रकार महासंघ चितवन शाखा सदस्यहरूको नवीकरण र नयाँ सदस्य सिफारिसमा असहमति जनाउँदै प्रेस चौतारी नेपालले तालाबन्दी गरेको छ ।

विज्ञापन १

बागमती प्रदेश समितिबाट सार्वजनिक चितवन शाखा सदस्यहरूको नवीकरण र नयाँ नामावली सार्वजनिक बदनियतपूर्ण ढंगबाट भएकोले ध्यानाकर्षण भएको भन्दै सो संगठनले महासंघको चितवन कार्यालयमा तालाबन्दी गरेको हो ।

विज्ञापन २

‘प्रेस चौतारी चितवन शाखाले जिल्लामा क्रियाशील रहेका पत्रकार, पत्रकार महासंघको स्थापनामा विशिष्ट योगदान पुर्याएका, संस्थागत रूपमा पत्रकारिता क्षेत्रमा योगदान गरेका र पत्रकारिता क्षेत्रमा योगदान पुर्याइरहेको पत्रकारहरुको नाम काटेर बागमती प्रदेश समितिमा पठाएको सूची खारेजीको माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञापन ३

पत्रकार महासंघ चितवनले २०८० चैत्र मसान्त सम्ममा २ सय ६४ जना सदस्यको विधानत सदस्यता नविकरण गरेर रसिद समेत दिएको र क्रियाशील पत्रकारहरुलाई बदनियतपूर्ण ढंगले कत्लेआम गर्नेगरी गरिएको निर्णय नसच्याउँदा सम्म पत्रकार महासंघ चितवनमा तालावन्दी हुने प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितले बताउनुभयो।

तपाईको प्रतिक्रिया