एक विद्यालय एक उद्यम कार्यक्रम अन्तरगत माडीको खैरहनी माध्यमिक विद्यालयमा धान रोपाईं

332
SwadeshPost

एक विद्यालय एक उद्यम कार्यक्रम अन्तरगत माडीको खैरहनी माध्यमिक विद्यालयले धान रोपाईं गरेको छ ।

विद्यालयको आन्तरिक आयआर्जन बढाउन तथा विद्यार्थीहरुलाई कृषिको महत्व, व्यवहारिक शिक्षा, शिपमुलक आयआर्जनमुलक शिक्षण सिकाई क्रियाकलापको सुरुवात स्वरुप १२ कठ्ठा क्षेत्रफलमा धान खेती गरिएको विद्यालयका प्रधानाध्यापक कुलानन्द भुसाले बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यमा सो विद्यालयले रोपाईं कार्यक्रम सम्पन्न भएको हो । रोपाईं कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

आन्तरिक श्रोतमा अधिक निर्भर रहँदै माध्यमिक तह सञ्चालनमा रहेको खैरहनी माध्यमिक विद्यालयले आन्तरिक आयआर्जन बढाउन विभिन्न उपाय र कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा धानखेती एवं कृषि कार्य अगाडि बढाइएको विद्यालयका अध्यक्ष सुवास तिवारीले बताउनुभयो ।

SwadeshPost