आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

कृषि र कृषक पोष्ट

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले सेवा क्षेत्रको समुदायमा फलफूलका बिरुवा वितरित

  • A
  • A+
  • A++

माडीको खरकट्टास्थित अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले सेवा क्षेत्रको समुदायमा फलफूलका बिरुवा वितरण गरेको छ ।

विज्ञापन १

आयआर्जन वृद्धि, वातावरण संरक्षण र भू-क्षय नियन्त्रणको उद्देश्यले सो कार्यालयले फलफूल तथा सदाबहार हरियो हुने बिरुवाहरू वितरण गरेको हो ।

विज्ञापन २

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवनको सहयोगमा माडीको राईडाँडा, शिवद्वार एवं नमूना चेपाङ बस्तीमा लिचीका ३ सय बिरुवा वितरण गरिएको समिति अध्यक्ष शिवजी गायकले जानकारी दिनुभयो ।

विज्ञापन ३

त्यसैगरी, जनजीवन मा.वि., दक्षिण अयोध्यापुरी आ.वि., कान्तिपुर आ.वि., कृष्णनगर मा.वि., गणेशकुञ्ज आ.वि र गोविन्दबस्ती आ.वि. तथा शिवद्धार होमस्टे, खरकट्टा टोल विकास संस्था लगायतलाई कपूर, कल्की फूल, पारिजात, धुपी र म्याग्नेस्टिक लगायतका करीब ८०० बिरुवा वितरण गरिएको अध्यक्ष गायकले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया