बैवाहिक बर्षगाँठको अवसर पारी माडीको एक स्वास्थ्यकर्मी दम्पत्तीले एकजना चेपाङ विद्यार्थीलाई निःशुल्क फार्मेसी पढाउने घोषणा गरेको छ ।
माडी-३, बसन्तपुरमा विश्वास फार्मेसीको नाउँबाट स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका गोविन्द नेपाल र बिनु पाठक नेपालले एकजना सिमान्तकृत चेपाङ विद्यार्थीलाई निःशुल्क फार्मेसी पढाउने सार्वजनिक गर्नुभएको हो ।
सि.टि.ई.भि.टी. अन्तरगतको डिप्लोमा ईन फार्मेसी अध्ययनका लागि आवश्यक सबै खर्चहरु व्यहोरी चेपाङ समुदायबाट एकजना फार्मेसी एसिस्टेण्ट तयार गर्ने र अध्ययन पुरा गरेपश्चात सो विद्यार्थीले चेपाङ समुदायमै औषधीजन्य सेवा दिने स्वास्थ्यकर्मी नेपालले बताउनुभयो ।
यसरी फार्मेसी अध्ययन गर्न ईच्छुक चेपाङ विद्यार्थीको खोजी सुरु भएको जानकारी दिँदै बरिष्ठ स्वास्थ्यकर्मी नेपालले यस कार्यमा समन्वय गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ ।
नेपाल दम्पत्तीले विगत दुई दशकदेखि माडीमा स्वास्थ्य सेवा दिनुका साथै मुख्यतः चेपाङ समुदायमा पटक पटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएको छ ।
स्वास्थ्यकर्मी नेपाललाई गतबर्ष एन.आर.एन.ए. गैरआवासीय नेपाली संगठन अमेरिकाले अन्तराष्ट्रिय ग्रामीण स्वास्थ्य सेवा सम्मान समेत प्रदान गरेको थियो ।
विज्ञापन १
विज्ञापन २
विज्ञापन ३