माडीको गुल्मेली टोल क्षेत्रमा ३ जना मानिसलाई आक्रमण गरी घाइते बनाएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ ।
बाघलाई बुधबार बिहान करीब १०ः३० बजे माडी-३, रेवा टोलस्थित रौतनी खोला किनारबाट नियन्त्रणमा लिइएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका हात्तीसहितका प्राविधिकहरु एवं निकुञ्ज रक्षक सेना लगायत माडी प्रहरीको सामुहिक प्रयासमा डार्ट गरी बाघ नियन्त्रणमा आएको हो ।
मंगलबार दिउँसो मानव बस्तीमा प्रवेश गरेको बाघले माडी-३, निवासी महेन्द्र सहनी, उमेश सहनी र रामनाथ माझीलाई आक्रमण गरी घाइते बनाएको थियो । घाइतेहरुको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, सो बाघको आक्रमणबाट रामनाथ माझीको एक वटा बाख्रा समेत मरेको थियो । मंगलबार दिउँसोबाट गुल्मेली टोल क्षेत्र वरपर रहेको सो बाघ बुढो भई सिकार गर्न नसकेका कारण जंगलबाहिर निक्लिएको डार्ट गर्ने प्राविधिकहरुको भनाई थियो ।
विज्ञापन १
विज्ञापन २
विज्ञापन ३