चितवन । माडी नगरपालिकाले निर्धारित मितिसम्म सडक निर्माणकार्य सम्पन्न नगरी अलपत्र पारेका ४ वटा निर्माण कम्पनीहरुलाई स्पष्टिकरण सोध्दै ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालेको छ ।
नगरपालिकाले प्रभाव दैनिक पत्रिकामा एक सुचना प्रकाशित गर्दै माडीको पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्स (प्रा.) लि. सहित भरतपुरस्थित जस्ना कन्स्ट्रक्सन (प्रा.) लि. र इच्छाकामना निर्माण सेवा तथा दाङको भवनी निर्माण सेवालाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन सार्वजनिक सुचना गरेको हो ।
माडी नगरपालिकाबाट कार्यादेश तथा सम्झौता गरिएका सो निर्माण कम्पनीहरुहरुलाई तोकिएको मितिमा कार्य सम्पन्न नगरेको, पटक पटक मौखिकरुपमा जानकारी र ताकेता गराउदा अटेरी गरेको र कार्य सम्पन्न गर्नका लागि बिभिन्न मितिमा कार्यालयबाट पत्राचार हूँदा समेत वास्ता नगरी निर्माण कार्य अलपत्र पारेको हुँदा खरिद सम्झौता अन्त्य गरि कानुनी कारबाही किन नगर्ने भन्ने स्पष्टीकरण सोधिएको हो ।
ठेक्का सम्झौता तोड्न ७ दिने स्पष्टिकरण सोधिएको माडीको पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्सले खरकट्टा गेटदेखि शिवद्वार र अम्बावास चोकदेखि कुन्तिपुर सडक, दाङको भवनी निर्माण सेवाले तमुचोकदेखि पुष्पमदन वाटिका सडक तथा भरतपुरको इच्छाकामना निर्माण सेवाले गोविन्दबस्तीदेखि कान्छी बगही सडक एवं जस्ना कन्स्ट्रक्सनले वडा नं. १ देखि ८ का विभिन्न सडक खण्ड कालोपत्रेको ठेक्का पाइ निर्माण अलपत्र छाडेका छन् ।
विज्ञापन १
विज्ञापन २
विज्ञापन ३