शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

पर्यटन खबर पोष्ट

एकता स्तम्भलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन स्थानीयबासी सक्रिय

  • A
  • A+
  • A++

दिप्ती बिश्वकर्मा

विज्ञापन १

चितवन । माडी-४, सितलपुरस्थित एकता स्तम्भलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन स्थानीयबासी सक्रिय बनेका छन् ।

विज्ञापन २

एकता स्तम्भ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिनारी सहितको पर्यटकीय गन्तव्यस्थल बनाउनेगरी अधुरो निर्माण कार्य पुरा गर्न र थप संरचनाहरु बनाउने पहल सुरु भएको हो ।

विज्ञापन ३

नेपालको कम्युनिष्ट आन्दोलनको एक महत्वपूणर् महाधिवेशन भएको सो स्थानबाटै विभिन्न कम्युनिष्ट घटक र पार्टीहरुबिच एकता कायम भई माओवादी जनयुद्धको लाइन पास भई देशमा सशस्त्र युद्ध हुनुका साथै लोकतान्त्रिक गणतन्त्र स्थापना भएको इतिहास छ ।

तसर्थ सो स्तम्भ क्षेत्रमा एकता प्रकृयामा सामेल पार्टी नेतृत्वहरुको मुर्ती स्थापना, एकता महाधिवेशनका नाराहरु लेखन एवं सभाहल सहितको पार्क निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न लागिएको स्थानीयबासी टिकारा पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया