देश-प्रदेश खबर पोष्ट

घर अनि अटो रिक्सा दुवै चलाउने माडीकी साहसी महिला : अस्मिता बोट (प्रोफाइल)

घर अनि अटो रिक्सा दुवै चलाउने एक साहसी महिला हुन् अस्मिता बोट ।

माडी नगरपालिका-५ राधापुरस्थित वनटोली निवासी अस्मिताको अटो चलाउन थालेपछि दैनिकी फेरिएको छ । बिहानको घर धन्दा छिटो सकेर हतार हतार अटो लिएर बजारमा निस्किनु उनको पछिल्लो दैनिकी बनेको छ ।

४० वर्षकी अस्मिता परम्परागत सोचाइको अन्त्य गर्दै अटो चलाएरै जीविकोपार्जन गरिरहेकी छन् । ५ बर्षअघि नवलपरासी बर्दघाटबाट अटो चलाउन सुरु गरेकी उनी २ बर्ष अगाडि माडीमा आएर अटो चलाउन सुरु गरेको बताउँछिन् ।

श्रीमानको गतिलो इलम नहुँदा परिवार पाल्न र छोरा छोरीलाई पढाउन ड्राइभर पेशा रोजेको उनको भनाइ छ । उनका श्रीमान हाल रोजगारका लागि भारतमा छन । उनी एक्लै बनटोलीस्थित घरमै खेती किसानी साथसाथै बाख्रा, कुखुरा पनि पालेकी छन ।

महिलालाई यो पेशामा सजिलो त छैन । कतिपय यात्रीले हात देखाउँदै अटो रोकेपनि महिला चालक देखेपछि सुरक्षित गन्तब्यमा पुग्नेमा शंका मानेझैं निधार खुम्च्याउँछन भने कतिपयले चढिसकेपछि भाडा यति उति भो भन्दा दिनेबेला आनाकानी गर्ने उनको गुनासो पनि छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार