माडी-१, पाण्डवनगरमा सेनेटरी पार्क सहितको वेस्ट म्यानेजमेन्ट परियोजना सञ्चालन हुने

226
SwadeshPost

चितवन । माडी नगरपालिकाले माडी-१, पाण्डवनगरमा सेनेटरी पार्क सहितको वेस्ट म्यानेजमेन्ट (फोहोर व्ययवस्थापन) परियोजना सञ्चालन गर्ने भएको छ ।

मंगलबार सम्पन्न नगर कार्यपालिकाको बैठकले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनद्वारा निर्माण हुने दिसाजन्य लेदो व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि वडा नम्बर १, पाण्डवनगरस्थित लगत कट्टा भएको सरकारी जग्गा उपलब्ध गराउने र सोही स्थानमा सेनेटरी पार्क तथा वेस्ट मेनेजमेन्ट परियोजना सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी कार्यपालिका बैठकले पाण्डवनगरमै रहेको करीब ७ कठ्ठा ११ धुर जमीन सशस्त्र प्रहरीको भंगता बोर्डर आउट पोष्टलाई उपलब्ध गराउन सिफारिस गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, यसबर्ष कालोपत्रेका लागि नगरपालिकाबाट बजेट विनियोजन भएकाले लागत सहभागिता रकम उठ्न बाँकी रकम जम्मा गर्न सम्बन्धित उपभोक्ता समिति र वडा कार्यालयले पहल गर्ने समेत निर्णय भएको जनाइएको छ ।

SwadeshPost