माडी -८ दक्षिण अयोध्यापुरी निवासी सुरेश सुवेदीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ ।
विज्ञापन १
साविक अयोध्यापुरी माडी भरतपूर सम्पर्क मञ्च र संचारकर्मी लक्ष्मण गौतमले सुरेश सुवेदी बचाउ अभियान सञ्चालन गरी ४ लाख रुपैयाँ संकलन भएको हो ।
विज्ञापन 2
अत्याधिक ज्वरो आउने र टाउको दुख्ने समस्या भई उपचारका लागि जाँदा चिकित्सकले दिमागमा पानी जमेको भनि अप्रेशन गरिएको पारिवारिक श्रोतले बताएको छ । चिकित्सकको सल्लाह अनुसार लामो समयसम्म अस्पतालमा नैं रहेर उपचार गर्नुपर्ने भएको हो ।
उपचारमा हाल सम्म ३ लाख खर्च भएको र चिकित्सकले अझै १० लाख रुपैयाँ खर्च लाग्ने भनेकाले उपचारमा आर्थिक अभावले देखिएकाले सहयोग अभियान सञ्चालन गरिएको रे सबैलाई सहयोगका लागि अपिल समेत गरिएको छ ।