गर्दी सामुदायिक पुस्तकालयद्वारा घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालित

186
SwadeshPost

चितवन । ए. एस. बी. जर्मनी र रिड नेपाल संस्थाको आर्थिक सहयोगमा माडीको बरूवा बजारस्थित गर्दी सामुदायिक पुस्तकालयले घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मी (हेल्थ एसिस्टेन्ट) सुनिता तिमिल्सिनाले माडी-२ सितलपुरमा रहेका बिरामीहरूको स्वास्थ्य अवस्था घरमै पुगेर चेकजाँच गर्नुभएको हो ।

स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने तथा स्वास्थ्य संस्थामा पुग्न असहज भएका बिरामीहरूलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सो कार्यक्रम गरिएको गर्दी सामुदायिक पुस्तकालयका अध्यक्ष चिरञ्जीवि तिवारीले बताउनुभयो । कार्यक्रममा अध्यक्ष तिवारीसँगै पुस्तकालयका सचिव नारायण प्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।

SwadeshPost