माडीको त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाममा त्रिदिवसीय पुरुषोत्तम महात्मय सुरु

226
SwadeshPost

चितवन । माडीको लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाममा त्रिदिवसीय पुरुषोत्तम महात्मय (यज्ञ) सुरु भएको छ ।

स्वदेशकर्मी समेत रहनुभएका पुराण वाचक पं. रामभक्त अधिकारीबाट हुने प्रवचन एवं भजनकीर्तन सहितको सो यज्ञको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले समुद्घाटन गर्नुभयो । कार्यक्रममा माडी ६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेल सहित स्थानीय सामाजिक अगुवा र श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।

महात्मय यज्ञ श्रावण २९ गतेसम्म चल्ने त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाम व्यवस्थापन समितिका अध्यक्ष किसन आचार्यले जानकारी दिनुभयो । यज्ञमा सहभागी भई पुण्यआर्जन गर्न आयोजकले सबैमा निमन्त्रणा गरेको छ ।

SwadeshPost