माडी पाण्डवनगरका मृगौला पीडित बिरामी दामोदर बरालको उपचारमा आर्थिक समस्या

295
SwadeshPost

चितवन । माडी पाण्डवनगरका मृगौला पीडित बिरामी दामोदर बरालको उपचारमा आर्थिक समस्या भएको छ ।

माडी नगरपालिका-१, पाण्डवनगर गाउँ निवासी ५० बर्षीय बरालको दुबै मृगौला फेल भई सुरुमा पुरानो मेडिकल कलेज र हाल हाल भरतपुर अस्पतालमा उपचार जारी रहेको छ ।

मृगौलामा समस्या देखिएसंगै उपचार(डाइलेसीस) गराइरहेका बरालको मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव छ । तर आर्थिक अभावका कारण प्रक्रिया थाल्न नसकिएको उहाँका श्रीमती टिका बरालले बताउनुभयो ।

करीब १ दशकसम्म भारतमा रोजगारी गर्नुभएको बराल हाल गाउँमै खेतीकिसानी गर्नुहुन्छ । उहाँका एक छोरा समेत मृगौलाको समस्याका कारण नियमित औषधी खाने अवस्थामा रहेका छन् ।

उपचार खर्चको अभाव भएकाले सबैसंग बराल परिवारले सहयोगको अनुरोध गरेको छ । माडीका युवा सामाजिक अभियन्ता अर्जुन भुसालले समेत मृगौला पीडित बराललाई सहयोग गरिदिन एक भिडियो सहित अनुरोध गर्नुभएको छ ।

बरालको उपचार सहयोगार्थ दामोदर बरालको नाउँमा राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नं. १४६०१००००००३३०१० मा रकम जम्मा गर्न र ९८६५४०२९०० मा फोन सम्पर्क गर्न सकिनेछ ।

SwadeshPost